जेष्ठ ७, २०८२ मंगलबार

निर्माणाधिन बिर्तामोड नगर अस्पताल भवनको अनुगमन

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधिन नगर अस्पताल भवनको अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो ।

नगर प्रमुख प्रसाईले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिनु भएको छ ।

भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाडौले सम्झौता गरेर काम गरिरहेको छ । अहिलेसम्ममा ३५ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि सोम राईले जानकारी दिनुभयो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद आगामी फागुन २६ गतेसम्म छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।

प्रकाशित मिति : पुष २२, २०८१ सोमबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]