बैशाख २३, २०८२ मंगलबार

काङ्ग्रेसको कचनकवल– सगरमाथा जागरण अभियान भोलीदेखि

झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि नेपालको होचो भू–भाग केचनामा कचनकवल – सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरूले सम्बोधन गर्ने अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का सचिव गिताप्रसाद भट्टराईले जानकारी दिए ।

अभियानमा करिब १० हजार नेता कार्यकर्ताको उपस्थित रहने अभियान कार्यक्रमले नेपालको होचो भुभाग कचनकवलको समग्र बिकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने विश्वास लिएको छ ।

नेपालको होचो भू–भाग कचनकवल स्तम्भ भएको ठाउँमा आयोजना गरिएको काङ्ग्रेसको जागरण अभियानले कचनकवल काङ्ग्रेस र काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि बिचको मत भिन्नताको अन्त्य हुने र कचनकवलको विकासले काचुली फेर्ने बिश्वास लिएको छ ।

समुन्द्र सतहदेखी ५८ मिटर उचाईमा रहेको नेपालकै होचो भूभागमा रहेको यस क्षेत्रको बिकासमा सबै पक्षको साथ र सहयोगको नितान्त आवश्यक देखिन्छ । उक्त अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : पुष २३, २०८१ मंगलबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]