जेष्ठ ७, २०८२ मंगलबार

पतञ्जली विस्कुटभित्र ब्राउनसुगर ल्याउने दुई जना काँकरभिट्टाबाट पक्राउ

बिर्तामोड । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले पतञ्जली विस्कुटको प्याकेटभित्र लुकाएर ल्याइएको ब्राउनसुगरसहित पुरानो मेचीपुलबाट दुई जना युवा युवतीलाई पक्राउ गरेको छ ।

गएराति भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका दुई जना युवायुवतीलाई लागुऔषधसहित पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं। ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थाई ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ रहेका छन् ।

प्रहरीका अनुसार प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि काँकरभिट्टामा राखिएको छ । उनीहरुलाई लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

प्रकाशित मिति : पुष २४, २०८१ बुधबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]