जेष्ठ ८, २०८१ मंगलबार

बिर्तामोड बसपार्कमा स्वास्थ्य सूचना केन्द्र

अर्जुनधारा । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले गरेका छन् ।


सो क्षेत्रको जनघनत्वलाई ध्यान दिदैँ स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख रानाले आ.ब.०७६÷७७ जनघनत्वको आधारमा स्वास्थ्य केन्द्रको रुपान्तरण गर्न जरुरी रहेको बताए । बसपार्कबासीको इच्छा, चाहना भएमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्ध रहेको बताएका छन् ।


उक्त स्वास्थ्य केन्दले स्वास्थ्य सम्बन्धी सूचना संकलन गर्ने, बसपार्क क्षेत्रमा स्वास्थ्य सम्बन्धी वडाका आवश्यक सूचकहरुको लगत लिनसक्ने स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले जानकारी दिए । त्यसमा परामर्श सेवा दिने, प्राथमिक उपचार, गाउँघर क्लिनिक खोप सेवा सहित सर्ने र नसर्ने रोगका विषयमा जनचेतना जगाउने लगायतको काम गर्ने सक्ने संयोजक बस्नेतले बताए ।

उक्त सूचना केन्द्रका लागि वडा–११ निवासी मुक्ति सिटौलाको तर्फबाट २५ हजार बराबरको बिरामी राख्ने बेड, ६ थान प्लाष्टिकको कुर्सी चन्द्र इन होटल, १ थान शिलिङ फेन र १ थान पानीको जार, खेमराज न्यौपानेको तर्फबाट कोठा र फर्निचर, जगत राना मगरको तर्फबाट ६ थान प्लाष्टिकको कुर्सी निशुल्क प्रदान गरेका थिए ।


वडा–११ अध्यक्ष भैरव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका नगर सभा सदस्य लक्ष्मी बास्कोटा, बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष धनराज योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि स्वास्थ्य संयोजक बस्नेतले बोलेका थिए भने स्वागत मन्तव्य नगर सभा सदस्य सिता बागदासले गरेकी थिइन् । सूचना केन्द्रमा २ जना स्वयसेवक खटाइने व्यवस्था मिलाएको बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]