बैशाख २३, २०८२ मंगलबार

बिर्तामोडमा एमालेको ६२ टोलमा अधिवेशन सम्पन्न

बिर्तामोड । नेकपा एमालेले बिर्तामोड नगर क्षेत्रभित्र ६२ वटा टोल कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ । असोजदेखि टोल अधिवेशनमा लागेको नेकपा एमाले बिर्तामोड नगर कमिटीले पुस मसान्तभित्र बाँकी रहेको ८ वटा टोलको अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

नगर, वडा र टोलमा कमिटी बनाएको एमालेले अनेमसंघको समेत टोल टोलमा कमिटी निर्माण गरिरहेको छ । अनेमसंघको २५ वटा टोल कमिटी गठन गरिएको नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले अनेमसंघको नगर अधिवेशन पछि वडाको समेत सम्पन्न भइसकेको जानकारी दिए । पार्टीको टोल कमिटी बराबर अनेमसंघको समेत कमिटी बनाउने योजना रहेको सुनाए ।

अध्यक्ष भट्टराईका अनुसार बिर्तामोडमा रिटर्नी फेडेशनको अधिवेशन सम्पन्न भइसकेको छ । बिर्तामोडमा ०७८ देखि टोल टोलमा कमिटी विस्तार गर्न सुरु गरिएको थियो ।

नेकपा एमालेले वडा सञ्चालन संयन्त्र गठन पश्चात बैठक समेत सम्पन्न गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । विकास र सेवालाई प्रभावकारी बनाउन संयन्त्रले काम गर्ने बताइएको छ ।

प्रकाशित मिति : पुष २६, २०८१ शुक्रबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]