जेष्ठ ८, २०८२ बुधबार

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

लस एन्जलस, २८ पुस । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।

अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पूर्ण रूपमा ध्वस्त भएको छ । साथै, आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ । जसअनुसार हलिउडका ठूला सेलेब्रेटीका पनि अर्बौ मूल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन्  ।

प्रकाशित मिति : पुष २८, २०८१ आईतबार  २ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]