भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा मदन अधिकारी नियुक्त
बिर्तामोड । सरकारले भूमि समस्या समाधान आयोगको जिल्ला समितिका अध्यक्षहरु नियुक्त गरेको छ । झापाको अध्यक्षमा गौरादह निवासी मदन अधिकारीलाई नियुक्त गरिएको उच्च स्रोतले जनाएको छ ।
आज ३ बजे अध्यक्षहरुको शपथग्रहण रहेको बताइएको छ । सदस्यहरुलाई अध्यक्षले जिल्लामै शपथ गराउने बुझिएको छ । सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन ।