माघ २८, २०८१ सोमबार

बाहुण्डाँगी जेसीज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात

मेचीनगर । सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुण्डाँगी जेसीजले पहिलो कार्यक्रम रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात गरेको छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुण्डाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईले जानकारी दिए ।

जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जेसीज वर्ष २०२५ को सिङ्गो बोर्ड , पूर्व अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, नेपाल प्रहरी र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा ५ जना महिलासहित २५ जनाले रक्तदान गरेको संयोजक रोशन गिरीले बताए । कार्यक्रमका अध्यक्ष साथै बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष चम्लागाईले आगामी दिनहरुमा पनि सबैसँग हातेमालो गर्दै बाहुण्डाँगी जेसीजले सामाजिक कार्यहरुमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]