बैशाख २३, २०८२ मंगलबार

हिजो स्थगित पत्रकार सम्मेलन बिपक्षी दलले आज गर्दै

काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्बजनिक गरिएको छैन् ।

बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियो, बुधवार बसेको बिपक्षी दलको बैठकले साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन आजका लागि सरेको हो ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]