माघ २८, २०८१ सोमबार

घैलाडुब्बा–चम्पापुरलाई जोड्न विरिङ खोलामा पुल निर्माण गर्ने

बिर्तामोड । झापा क्षेत्र नं. २ अन्तर्गत पर्ने घैलाडुब्बा र चम्पापुरलाई जोड्न विरिङ खोलामा पुल निर्माण हुने भएको छ । सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुङ्गेलका अनुसार पुल निर्माणको स्रोत सुनिश्चित भएको हो । सभामुखको पहलमा पुल निर्माणको योजना आएको उनको भनाई छ ।

विरिङ खोलामा पुल निर्माणका लागि ४५ करोड ४८ लाख ५६ हजार रुपैयाँ सुनिश्चित भएको ढुंगेलले जानकारी दिए । स्थानीय पूर्वाधार विभागले पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको महानिर्देशक महेशचन्द्र न्यौपानले जनाएका छन् ।

पुल नहुँदा घैलाडुब्बा र चम्पापुर क्षेत्रका नागरिकहरु मुख्य राजमार्गबाट घुम्नुपर्ने अवस्था छ । पुल निर्माणले सर्वसाधारण नागरिकसहित आवातजावतको ठुलो अवरोध खुल्नेछ ।
सभामुख घिमिरेले पुल निर्माणको लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलप्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]