माघ २८, २०८१ सोमबार

बीएन्डसी मेडिकल कलेजद्वारा पहिलो व्याजका विद्यार्थीलाई भव्य स्वागत

बिर्तामोड । बीएन्डसी मेडिकल कलेजले डाक्टर पढ्न आएका दर्जनौ विद्यार्थीलाई सोमवार भव्य स्वागत गरेको छ । मेचीनगर–१२ धाइजनस्थित बीएन्डसी मेडिकल कलेजको साइन्स भवनमा एक कार्यक्रमबीच कलेजले पहिलो ब्याच (सन् २०२५)का एमबीबीएस विद्यार्थीलाई स्वागत सम्मान गरेको हो ।

विर्तामोडमा बीएन्डसी हस्पिटल रहेको भए तापनि एमबीबीएस (डाक्टर पढ्ने विद्यार्थी)लाई पढाउन मेचीनगर–१२ धाइजनमा छुट्टै साइन्स भवन बनाइएको छ । कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो ।

कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाई प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता कलेजकी संस्थापक अध्यक्ष इन्दिरा गिरीले गर्नु भएको थियो ।

कलेजका विभिन्न विभाग र संकायका प्रमुखहरुको उपस्थिति रहेको उक्त अवसरमा कलेजका अध्यक्ष डा. रामबाबु गिरी, निर्देशक डा. अञ्जलि कार्की प्रसाई, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतले डाक्टर बनेर सेवा गर्ने महान लक्ष्य बोकेर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान गर्नु भएको थियो ।

कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले सञ्चालन गरेको सो कार्यक्रमको समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

हाल बीएन्डसी मेडिकल कलेजमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र संकाय अन्तर्गत स्नातक तह (एमबीबीएस) अध्ययन सुरु गरेका छन् ।

प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]