खोटाङमा मुल घर फर्क अभियान : एसका उपसचिवसहित एकैदिन ६० जना एमालेमा
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका ६० जना एमालेमा फर्किएका छन् । एकीकृत समाजवादीका जिल्ला उपसचिव सुमन राईको नेतृत्वमा आज आफ्नै घर एमाले फर्किएका हुन् ।
एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले सामाजिक सञ्जालमा मनपर्दो लेख्दै एमालेमाथि गालीगलौज गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । उहाँले घर फर्किनेहरुलाई स्वागत गर्दै भन्नुभयो – ‘राम्ररी बुझे हुन्छ, गाउँमा एमालेप्रतिको आकर्षण बढेको छ । तिम्रा भ्रमका खेतीले जनतालाई किन्चित पनि छोएको छैन ।’
एमालेमा समाहित हुनु हुने सुमन पुमा राई, मिलन राई, प्रकाश राई, जसपाल राई, दुर्गा खत्री, गणेश बस्नेत, प्रेमकुमार राई , बिजयप्रकाश राई लगायत ६० जनालाई एमालेमा स्वागत गरिएको हो । घर फर्काउने अभियानलाई खोटाङ जिल्लाभर निरन्तर सञ्चालन गर्ने बताइएको छ । खोटाङमा अहिले मुल घर फर्क अभियान सञ्चालन भइरहेको छ ।
कार्यक्रममा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य बिशाल भट्ट्राई, केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, उपसचिव कविता राई, जिल्ला प्रचार प्रमुख खेमराज राई, सचिवालय सदस्य तिलक बस्नेत, बिमला राई, बिदुर राई, जगत राई, यमकुमार राई, देवी योगी, बिरेन्द्र मगर लगायतले शुभकामना व्यक्त गर्नुभयो ।