जेष्ठ २६, २०८२ आईतबार

भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने

भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् ।

टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।

यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए ।

त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ ।

यसैबीच, प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एकएक टिम तथा झापा ११ र आयोजकको भद्रपुर ब्लेजर्सको सहभागिता रहने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

२०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी हुन लागेको अध्यक्ष ढकालले बताए ।

झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने प्रतियोगिताअन्तर्गत पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]