सिम्रिकको १४ औं वार्षिकोत्सवमा तीन वटा विद्यालयमा शैक्षिक सामग्री वितरण
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिकले झापा र पाँचथरको ३ वटा विद्यालयमा आज शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ ।
आज विहान बिर्तामोड –६ स्थित सरस्वती माविमा १६२ जना विद्यार्थीहरलाई ब्याग वितरण गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको सिम्रिकका कर्मचारी विजय पाण्डेले जानकारी दिए । गरिव तथा विपन्न विद्यार्थीहरुलाई पहिचान गरेर व्याग वितरण गरिएको हो ।
व्याग वितरण कार्यक्रममा कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले संस्थाले वार्षिकोत्सवलाई सामाजिक काम गर्दै मनाएको जानकारी दिनुभयो । विभिन्न समयमा आफ्नो कार्यक्षेत्रभित्र न्यानो कपडा वितरण, शैक्षिक सामग्री, वृद्धवृद्धाहरुलाई ब्लाङकेट वितरण गर्दै आएको उहाँको भनाई छ । सिम्रिकले नाफाको ५ प्रतिशत रकम सामाजिक सेवामा खर्च गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले राज्यले गर्नुपर्ने काम सिम्रिकले गर्दै आएकोमो धन्वाद दिनुभयो । उहाँले सहकारी क्षेत्रले पनि सामाजिक रुपमा ठुलो योगदान गर्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । सहकारीको माध्यमबाट धेरैलाई रोजगारी समेत दिइरहेको उहाँको भनाई छ ।
संस्थाले आजै पाँचथर फिदिम ४ मा रहेको सिद्धकाली प्राविका २९ जना र भद्रपुर ४ स्थित महेशपुर आधारभुत विद्यालयका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय अगुवा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, अभिभावकहरुको उपस्थिति रहेको विजय बस्नेतले जानकारी दिनुभयो ।