बैशाख २४, २०८२ बुधबार

भोलीदेखी बिर्तामोडमा अन्तरपालिका महिला फुटबल, सभामुखले उदघाटन गर्ने

बिर्तामोड । झापाको बिर्तामोड शनिवारदेखि सुरु हुन गइरहेको अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडले भोलीदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको छ । पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिता उद्घाटनमा क्रिकेट जित्ने पालिकाका खेलाडीहरुलाई ५० हजार नगद सहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिए । खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । महिला फुटवल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्याराफिट र मैदान तयार भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]