बैशाख २४, २०८२ बुधबार

भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश

बिर्तामोड । साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो ।

उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल शुक्रबार कन्काई नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]