बैशाख २३, २०८२ मंगलबार

पोखराका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को जिम्मेवारी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्की जिल्लाका मदन भण्डारीलाई चयन गरेको छ । युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो ।

परिषद्मा एक प्रमुख, एक उपप्रमुख र एक सचिव सहित ५१ केन्द्रीय सदस्य रहने छन् । परिषद् लामो समयदेखि सुस्त अवस्थामा रहेकाले अब यसलाई सक्रिय बनाउने लक्ष्य सहित नयाँ नेतृत्व चयन गरिएको युवा संघले जनाएको छ ।
मदन भण्डारी राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि सक्रिय छन् । उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन् । सले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा र युवाहरूमा सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता, सक्रियतालाई प्रवद्र्धन गर्दै आएको छ ।

उनले आफ्नो नेतृत्वमा साइबर सर्कल संगठन प्रभावशाली अभियानहरूमध्ये एक बनेको बताए । अब उनले युवा विज्ञ परिषद्लाई पनि पुनः सक्रिय बनाउने, रचनात्मक कार्यक्रम अघि बढाउने र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिका स्थापित गर्न जानकारी दिए ।

युवा संघका एक पदाधिकारीका अनुसार भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता, नवीनता र सृजनशीलताका कारण उनलाई जिम्मेवारी दिइएको हो ।

“परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ । हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श तथा युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदैछौँ,” भण्डारीले बताए ।

नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान प्रविधि, राजनीति, समाजसेवा र शिक्षा लगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरुलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ ।

यस निर्णयसँगै युवा विज्ञ परिषद् नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्ने भण्डारीले बताए । मदन भण्डारीको नेतृत्वमा परिषद्ले अब देशभरका युवाहरूलाई नीति निर्माणमा संलग्न गराउन ठोस कार्यक्रम ल्याउने बताए ।

प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]