जेष्ठ ५, २०८१ शनिबार

स्वास्थ्य बिमा गर्न नछुटौं

सम्पादकीय

झापाले स्वास्थ्य बिमा कार्यक्रममा नयाँ रेकर्ड बनाएको छ । देशभर ५२ जिल्लामा सञ्चालन भइरहेको स्वास्थ बिमा कार्यक्रममा झापाले ५१ जिल्ला उछिन्दै सचेत जिल्लाको रुपमा स्थापित गर्न सफल भएको छ । ८ लाख जनसंख्या भएको झापामा बिमा गर्नेको संख्या ३ लाख ६ हजार ४ सय ७४ पुगेको छ । कुल जनसंख्याको आधारमा यसैलाई राम्रो मान्न सकिदैन । तर, सन्तोषजनक तथ्याङक भने मान्न सकिन्छ । जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा गर्नेहरु बढ्दै गइरहेको तथ्याङक बोर्ड उपलब्ध गराएको छ । यस थप बढाउन सबै क्षेत्रले परिचालित हुन आवश्यक छ ।

धेरै बिमा गर्ने जिल्लामा झापा पहिलो, दोस्रो चितवन र तेस्रोमा सुनसरी रहेको छ । सचेत नागरिकहरुको बसोबास रहेको जिल्लामा यतिको उपलब्धीलाई सफल मान्न सकिए पनि अझै बढाएर सबै नागरिकलाई यो कार्यक्रममा जोढ्न आवश्यक छ । देशभर २६ लाख ७७ हजार ७ सय ३३ जनाले सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा गरेका छन् । उनीहरुले तोकिएको स्वास्थ्य संस्थाबाट उपचार सेवा पनि लिइरहेका छन् । सरकारले स्वास्थ्यमा गरेको यो योगदानलाई प्रभावकारी बनाउन राज्यको निकाय थप परिचालित हुन जरुरी छ ।

तथ्याङक अनुसार अर्जुनधारामा २१ हजार ३ सय २६, भद्रपुर २२ हजार ७ सय ४७, बाह्रदशी ८ हजार ४ सय, बिर्तामोड ३४ हजार ६ सय ९४, बुद्धशान्ति १२ हजार ४ सय ३५, दमक ६३ हजार ५ सय ७, गौरादह २२ हजार ४ सय १६ , गौरीगञ्ज ५ हजार ९ सय ९४, हल्दिवारी ९ हजार ६ सय १७, झापा ६ हजार ७ सय २२, कचनकवल ७ हजार ६ सय ६५, कमल २३ हजार ३ सय ३६, कनकाई १८ हजार २ सय ६५, मेचीनगर २४ हजार ३७ र शिवसताक्षीमा २५ हजार ३ सय ३ जनाले स्वास्थ्य बिमा गरेका छन् । अब जिल्लामा सबै नागरिकलाई यस सेवाबाट लाभान्वित बनाउन स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नैपर्छ । गरिव विपन्नलाई लक्षित गरेर बिमाबाट स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भूमिका देखाओस् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार  ४ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]