बैशाख २७, २०८२ शनिबार

भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

भद्रपुर – दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो । प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागी छन् ।

यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]