बैशाख २०, २०८२ शनिबार

डान्सबारहरुको निगरानी बढाइयोस्

सम्पादकीय
झापाका विभिन्न बजारहरुमा अहिले रात्रीकालिन डान्सबारहरु सञ्चालनमा रहेका छन् । डान्सबारहरु संख्यात्मक रुपमा बढ्दो क्रममा नै छ । विशेष गरी बजार क्षेत्र लक्षित गरेर खोलिएका डान्सबारहरुमा चहलपलह हुने गरेको छ । डान्सबार सञ्चालनको अनुमति पाए, नपाएको सन्दर्भमा सरोकारवाला निकायले पक्कै अनुगमन गरिरहेको हुनुपर्छ । गरिरहेको छैन भने गर्नुपर्छ । झापाको बिर्तामोडमा पछिल्लो समय डान्सबारको चहलपहल हुने गरेको छ । चहलपहलसँगै स्थानीयबासीको गुनासो पनि उत्तिकै आउने गरेको छ । गुनासो मात्र होइन, खारेजीसम्मका माग आइरहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. १ र ४ को सिमामा पर्ने नाइट लाइफ डान्सबारको चर्चा छ । उक्त डान्सबारका विरुद्धमा टोल विकास संस्थाले खारेजीका लागि उजुरी नै गरिसकेको छ । वडाका जनप्रतिनिधिहरु र प्रहरीले भर्खरै अनुगमन पनि गरेका छन् । मरिदा विक्रीका लागि अनुमति पाए पनि डान्सबार सञ्चालनको अनुमति नलिएको सूचना प्राप्त भएको छ । गाउँलेले दिनरातको होहल्ला, झैझगडाका कारण डान्सबार बन्द गर्नुपर्ने आवाज उठाएका छन् । उक्त होटल तथा डान्सबारमा धेरै पटक झगडा भएको र स्थानीयबासीलाई त्रसित बनाएको भिडियोहरु समेत सार्वजनिक भएको थियो ।

व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ । कानुनी पक्षहरुलाई मानेर व्यवसाय गर्नुपर्छ । आफ्नो व्यापार गर्दै गर्दा अर्को व्यक्ति, परिवार र समुदायलाई कुनै असर पुराउन हुदैन । अझ होटल व्यवसायीहरुले अति नै मर्यादित भएर व्यवसाय गर्नुपर्छ । रातभर होटल चलाउने, झैझगडाको माहोल बन्न दिने काम गर्न हुदैन । स्थानीय नागरिकहरुको समेत सहयोगमा व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसैले यस प्रकारका व्यवसायमा प्रहरी प्रशासनले चासो दिनुपर्छ । स्थानीय सरकार समेतले मर्यादित व्यवसायका लागि अनुगमनलाई प्राथमिकता दिदैं जानुपर्छ । खुला बजारमा स्वतन्त्र व्यवसाय गर्नुपर्छ । सामाजिक मर्यादालाई ख्याल गरेर व्यवसाय गर्नुपर्छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]