बैशाख २३, २०८२ मंगलबार

‘व्यवसायी सदस्य राहत कोष’ मा रकम जुट्ने क्रम जारी

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ ।

व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गरेका हुन् । संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई सो रकम धमलाले हस्तान्गरण गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने धमलालाई कदरपत्रद्वारा सम्मान प्रदान गरिएको छ । संघका अध्यक्षसहित पदाधिकारी र  सदस्यले धमलाको सु स्वास्थ्य र दीर्घयूको कामना गर्दै सम्मान गरेका हुन् । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]