बैशाख ३१, २०८१ सोमबार

मिक्लाजुङ पुगे कांग्रेस नेता विश्वप्रकास, घटनाको गहिरो र गम्भीर छानविन गर्न माग

बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्मा सामुहिक हत्या भएको घटनास्थल पाँचथरको मिक्लाजुङ पुगेका छन् । मिक्लाजुङमा सोमवार सामुहिक हत्या भएको थियो ।
उनले घटनास्थल पुगेर स्थानीयवासीलाई भेटेका छन् । बुधबार दिउँसो शर्मा बालक ,वृद्ध ,महिला र युवा समेत गरि ९ जनाको सामुहिक हत्या गरिएको गाउँ र घटनास्थल पुगेका हुन् । उनले घटनास्थल पुगेपछि सिङ्गो गाउँ नै आतंकित अवस्थामा भेट्टाएको प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता शर्माले राज्यले,दलहरूले,सिंगो देशले ढाडस दिन जरुरी छ पाँचथर मिक्लाजोङको आरुबोटे गाउँलाई भन्दै सामाजिक सञ्जालमा स्टाटस् लेखेका छन् । घटनाको गहिरो र गम्भीर ढंगले छानबिन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]