जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोडमा फोहोर छानेरै राम्रो आम्दानी

बिर्तामोड । झापाको बितामोडमा दैनिक फोहोर संकलन गर्ने युवाहरुले ‘फोहोरभित्र मोहोर’ भेटाइरहेका छन् । विहानदेखि साँझसम्म फोहोर उठाउने युवाहरुले फोहोर संकलनसँगै मोहोर भेट्टाइरहेको प्रतिक्रिया दिए ।

बिर्तामोड नगरपालिकामा चार वर्षदेखि फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई सेवा प्रालि काठमाडौंले रोजगारी दिएका युवाहरुले मोहोर संकलन गरेर राम्रो आम्दानी गरिरहेका छन् । फोहोर संकलन गर्न धेरै कठिन छ, एक युवाले भने – फोहोर उठाउँदा धेरै विक्रि गर्न मिल्ने सामानहरु भेटिने गरेको छ ।

बिर्तामोड नगरपालिकामा ७ वटा ट्याक्टर मार्फत फोहोर संकलन गर्ने गरिएको छ । हरेक ट्याक्टरमा ३ जनाका दरले फोहोर संकलन गर्ने जनशक्तिको व्यवस्था मिलाइएको छ । विहान ६ बजेदेखि फोहोर उठाउने युवाहरुले फोहोरसँगै विक्री गर्नै मिल्ने सामानहरु खोजी गर्ने गरेका छन् । नगरपालिकासँग सम्झौता गरेर तीन वर्ष थप गरेको निराकारले बिर्तामोड वडा नं. ६ मा फोहोर व्यवस्थापनको काम गर्दै आएको जनाएको छ ।

फोहोर संकलन गर्दा काटुन, पानीको बोतल, फलाम, टिन, गुडिया,स्याम्फुको बट्टा, वियरका बोतल भेटिने गरेको गणेश मगर बताउँछन् । दैनिक फोहोर संकलन गर्दा फेला परेका सामानहरु विक्री गरेर आउने पैसा कामदारहरुले नै दामसायी बाँढ्ने गरेका छन् । फोहोर उठाउन धेरै नै जोखिमपूर्ण हुने गरेको बताउने उनीहरुले बुट र पन्जाको मात्र प्रयोग गर्दै आएका छन् ।

फोहोर उठाउदै गर्दा भेटिएका अर्का युवा सुरेश लिम्बुले जोखिम भए पनि काम गर्नुपर्ने बताए । दैनिक ६ देखि ७ सय वटा घरमा फोहोर उठाउने युवाहरुले स्वास्थ्यका लागि अलग्गै कुनै सुविधा पाएका छैनन् । उनीहरुले फोहोर उठाए वापत मासिक तलव र फोहोरभित्र भेटिएका सामान बेचेर आउने रकम पाउने गरेका छन् । फोहोर उठाउने युवाहरुले सामान विक्रीबाट झण्डै दिनको ७ सय रुपैयाँसम्म पाउने गरेका छन् । एक जना बराबर ३५० रुपैयाँ निराकारलाई नै बुझाउनुपर्ने नियम रहेको बुझिएको छ ।

निराकारका प्रतिनिधि रवि भट्टराईले फोहोर संकलन गर्ने कामदारलाई स्वास्थ्यमा समस्या नहुने गरी व्यवस्थापन मिलाइएको जानकारी दिए । उनले स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सबैजसो सामग्री उपलब्ध गराएको बताए । फोहोर छानेर आएको पैसामा पनि माग्नु हुन्छ ? भन्ने जिज्ञासामा उनले भने – कम्पनीको नीति अनुसार नै पैसा बुझाउने हो । तलव बाहेक फोहोर छान्नेहरुले पनि राम्रै आम्दानी गरेका छन् । फोहोर छान्न दिएका कै कारण उनीहरुले पनि दैनिक ६÷७ सय रुपैयाँ तलव बाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]