जेष्ठ ८, २०८२ बुधबार

राजावादीको प्रदर्शन जतिनै भएपनि राजतन्त्र फर्किदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको प्रदर्शन जतिनै भएपनि राजतन्त्र नफर्किने बताएका छन् ।

सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन उद्घाटनका लागि कैलालीको धनगढी पुगेका देउवाले सो कुरा बताएका छन् । धनगढीमा सञ्चारकर्मीले राजतन्त्रको पक्षमा माहोल बढेको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘खोइ मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन’ भनेका थिए ।

सञ्चारकर्मीले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्दै राखेको जिज्ञासामा देउवाले ‘समयमै हुन्छ’ भन्दै टाउको हल्लाएका थिए । पार्टीको आजबाट सुरु हुने प्रदेश सम्मेलनका लागि सभापति देउवासहित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि पुगेका छन् ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ३ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]