जुनियर जेसीजको एजुकेशन फेष्टमा झापाका सयौं विद्यार्थी लाभान्वित
झापा । झापाको बिर्तामोडमा विद्यार्थीहरुलाई लक्षित गरेर करियर निर्माण गर्नका लागि सहजीकरण गरिएको छ । विभिन्न क्षेत्रका युवा अगुवाहरुले विद्यार्थीहरुलाई सुन्दर भविष्य निर्माणका लागि गर्नुपर्ने मेहनत र योजना निर्माण बारे सहजीकरण गरेका थिए ।
वीरता युिनयर जेसीजको आयोजनामा सम्पन्न ‘एजुकेशन फेष्ट–२०२५’ मा जिल्लाभरबाट सहभागी विद्यार्थीहरुलाई विभिन्न विषयहरु सहजीकरण गरिएको थियो । उक्त कार्यक्रमलाई बीएण्डसी अस्पताल बिर्तामोडको प्रायोजन र पाथिभरा इन्जिनियरिङ कलेजले सह–प्रायोजन गरेको थियो ।
‘आजका युवा भोलिका लागि देशका स्तम्भ’ भन्ने नाराका साथ बिर्तामोड–२ रामचोकमा स्टलसहितको शैैक्षिक उत्सव कार्यक्रम उद्यमी, व्यवसायी, युवा नेता, प्राध्यापकहरु, युवा पत्रकारका बीचमा प्यानल डिस्कशन भएको थियो । प्यानलिष्टहरुले आआफ्नो क्षेत्रको बारेमा बताएका थिए । बीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगर कार्यबहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा डा. महेन्द्र थापा, इ. शीतल मण्डल, पत्रकार प्रदीप परियार, नरेन्द्र ढकाल, युवा ब्यवसायी बिमल राजवंशी, व्यवसायी दिक्षित ढकाल, थ्रिडि आर्टिस्ट प्रियाशु भट्टराई, युवा माधव झा, अमिर राई, होलस्टीक लाइफ कोच तृष्णा रेग्मीले प्रस्तुति दिएका थिए ।
झापाका २५ बढी विद्यालयका प्लस–टु मा अध्ययनरत बिद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयले ब्याण्डको प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रमगरेका थिए ।
बिर्तामोड – ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, गोमेन्द्र बहुमुखी क्याम्पसका विकास कोइराला लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन विनिता आचार्य र आश्मा सिटौलालले संयुक्त रुपमा गरेका थिए ।