जेष्ठ ७, २०८२ मंगलबार

होलीमा ट्राफिक कारवाही : झापामा ३२९ वटा सवारी नियन्त्रणमा

झापा । होली मनाउने भन्दै मातेर चलाइएका समेत ३२९ वटा विभिन्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको सबै सहर र बजारमा प्रहरीले आज विहानैदेखि होलीमा चलाइएका सवारी साधनहरुको चेकजाँच गरेको थियो । त्यही क्रममा २९२ वटा मोटरसाइकल, ३६ वटा टेम्पो र सिटी लगायतका सवारी साधनलाई नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सवारी साधनमा हेल्मेट नलगाइएका, मदिरा र भाँङ खाएर चलाइएका र तीन जना यात्रु सवार भएका मोटरसाइकल सबैभन्दा धेरै थिए । प्रहरीले दमकमा १२३ वटा, विर्तामोडमा १०७ वटा, काँकडभिट्टामा ४० वटा, धुलाबारीमा २१ वटा, भद्रपुरमा १३ वटा र राजगढमा ११ वटा सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : चैत्र १, २०८१ शुक्रबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]