बैशाख २०, २०८२ शनिबार

झापामा नेविसंघ पहिलो, क्रान्तिकारी सभापति विहीन

बिर्तामोड । झापाका १३ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै क्याम्पसमा विजयी हासिल गर्दै पहिलो संगठन बन्न सफल भएको छ ।

झापाको ९ वटा क्याम्पसमा नेविसंघ, ३ वटा क्याम्पसमा अनेरास्ववियु र १ क्याम्पसमा राप्रविसंघले स्ववियु सभापति जितेको छ । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले एउटा क्याम्पसमा पनि जित निकाल्न सकेन ।

मेची क्याम्पसमा पहिलो पटक छात्रा स्ववियु सभापति
झापाको केन्द्रीय र ठुलो क्याम्पसको रूपमा रहेको मेची बहुमुखी क्याम्पसमा यस पटक महिलाको नेतृत्व पाएको छ । मेची क्याम्पसको सभापतिमा नेबिसंघकी निलम कार्की सभापतिमा निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बनेकी छन् । यस्तै झापाको दमक बहमुखी क्याम्पसमा पनि नेबिसंघ नै विजयी भएको छ । सो क्याम्पसमा भूपेन्द्र बस्नेत (भुवन) सभापतिमा विजयी भए ।

यस्तै कनकाई क्याम्पस सुरुङ्गामा नेबिसंघबाट सभापतिमा वासुदेव निरौला,कनकाई आदर्श क्याम्पस बिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना सभापतिमा निर्वाचित भएका छन् । यस्तै शनिश्चरे क्याम्पस अर्जुनधारामा विशाल थापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव विजयी भएका छन् ।

एमाले निकट अनरोस्वयुले भने तीन वटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्वयवियुले त्रिदेव बहुमुखी क्याम्पसमा सभापति जितको छ । सो क्याम्पसमा ईश्वर रिजाल सभापतिमा विजयी भए । यस्तै सितारमेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी, गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएका छन् । बिर्तामोडको गरामनी क्याम्पसमा भने राप्रपाले जितेको छ । सो क्याम्पसमा राप्रपा निकट विद्यार्थी संघठनका केशव खरेल सभापतिमा विजयी भए ।

प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार  ८ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]