चैत्र १६, २०८० शुक्रबार

राजीनामाको भोलीपल्ट खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

काठमडौँ । डा. युवराज खतिवडा मन्त्री पदमा पुनः नियुक्त भएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए ।

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था रहेको छ । सो धाराको उपधारा १ मा धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भएपनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।


उपधारा २ मा नियुक्त भएको मन्त्रीले ६ महिनाभित्र संघीय संसदको सदस्यता पाएको हुनुपर्ने र उपधारा ३ मा संघीय संसदको सदस्य हुन नसकेमा मन्त्रीका लागि योग्य नहुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]