बैशाख २०, २०८२ शनिबार

पोष्ट कोभिडपछि दिपक बोहोराको गएको थियो आवाज

भैरहवा, चैत्र १९ । रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका वरिष्ठ नेता सांसद दीपक बोहराको पार्थीव शव हेलिकप्टर मार्फत भैरहवावाट फर्काईएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले भैरहवा देखी मोटरसाईकल र्याली सहित नगर परिक्रमा गर्दै उहाँको शव निवास सम्म शव ल्याएकाे थियो।

निवासमा ल्याएर बोहोलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली अर्पण लगत्तै उनको पार्थीव शरिर पुनः काठमाडौं लगिएको छ र काठमाडौंको पशुपतिनाथमा उनको दाहसंस्कार गरिने छ ।

वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।

समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]