बैशाख २०, २०८२ शनिबार

बितामोडमा निःशुल्क स्वास्थ्य शिविरबाट १७४ जना लाभान्वित

बिर्तामोड । ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् ।

विएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा आज वडा कार्यालय भवनमा आयोजित शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवासंगै ईसिजी परिक्षण, भिआईए र बिपि चेक लगायतका सेवाहरु प्रदान गरिएको छ ।

सोहि कार्यक्रमका विच स्तन क्यान्सर, पाठेघरको मुखको क्यानसर र लागु औषध दुव्र्यसनी विरुद्दको सचेतना कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरका कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रेसर जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले स्वास्थ्य विमा अनिबार्य गर्न सबैलाई आग्रह गर्नु भयो । बिर्तामोड नगरअस्पताललाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले काम गरिरहेको भन्दै उहाँले आगामी वर्षदेखि २४ सै घण्टा सेवा उपलव्ध गराउने प्रयास रहेको जानकारी दिनुभयो । उहाँले नियमित स्वास्थ्य परिक्षण गर्न सबैलाई आग्रह गर्नु भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले अस्वस्थ खानपानका कारण दिनानुदिन ठुला रोगीको संख्या बढ्दै गएको बताउनु भयो । विषादी प्रयोग गरिएका सागसव्जीको कारण प्राणघातक रोगहरु लाग्ने गरेको भन्दै उहाँले बिर्तामोड नगरपालिकाले अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै आएको जानकारी दिनुभयो ।

यस्तै नगरका प्रवक्तासमेत रहनुभएका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले लागुऔषध दुव्र्यसनीका कारण पनि विभिन्न रोगहरु लाग्ने भएकाकारण स्वास्थ्य शिविरसंगै सचेतना मुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको गरिएको जानकारी दिनुभयो । उहाँले वडाका नागरिकको लागि आगामी दिनमा यस प्रकारको शिविर अझै सञ्चालन गर्ने बताउनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्यले स्वागत तथा वडासचिब जानुका बस्नेतले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]