बैशाख १४, २०८१ शुक्रबार

कोरोना एन्जाईटी र बच्ने उपायहरु

रामकुमार धमला

कोरोना भाइरस उर्फ कोभिड १९ संक्रमणले अहिले प्याण्डेमिक रुप लिइररहेको छ । छिमेकी मुलुक चिनबाट सुरु भएको यसको संक्रमण अहिले विश्व भरी नै फैलिएको छ । विश्व स्वास्थ्य संगठनको हालैको प्रतिवेदन अनुसार दक्षिण एसियाली ११ देशहरु मध्ये पाँच वटा देशहरु थाइल्याण्डमा ३१, भारतमा २८, इण्डोनेसिया २ , श्रीलंका र नेपालमा एक÷एक जनालाई कोरोनाले संक्रमण गरेको छ । हालसम्म नेपालमा ४३३ जनाकोरोना सम्भावितहरु लाई परिक्षण गर्दा एक जना मात्रमा संक्रमण देखिएको हो ।

अहिले नेपालीअनलाइन मिडिया, युट्युव र सामाजिक संजालमा कोरोना संक्रमणको त्रास भयावह र भाइरल छ । मनोसामाजिक रुपमा विश्लेषण गर्नू पर्दा नेपालीहरुमा कोरोनाले एन्जाइटीको रुप लिइरहेको छ । यद्यपि कोरोना संक्रमित एक नेपाली पूर्ण रुपमा स्वास्थ्य भइ नियमित काममा फर्कि सकेका छन् । अब किन यति धेरै त्रसित र पेनिक हुनु पर्यो र ? अहिलेको अवस्थामा कोरोनाले रोग प्रतिरोधात्मक शक्ति भएका नेपालीलाई केही गर्न सकेनभन्दा केही हद् सम्म तथ्यपरक र कोरोना एन्जाइटीलाई भगाउन मद्धत गर्न सक्छ ।

तर यसको मतलव कोरोना बारे जानकारी र सावधानी नअपनाउन भन्न भने खोजिएको होइन । विभिन्न प्राणधातक रोगहरु सार्स, मर्स, स्वाइन फ्लु, इवोला जस्ता रोगहरुले समयको विभिन्न कालखण्डमा विश्वव्यापी रुपमा संक्रमण गरेकै हो । तर, अहिले जस्तो कोरोना संक्रमणको न्यूजहरु भाइरल थिएन । यसरी मनोसामाजिक रुपमा पेनिक हुनुमा फेसवुक, ट्वीटर, युट्युव, वाट्सअप, अनलाइन मिडिया जस्ता आधुनिक सामाजिक संजाल र संचार माध्यमहरुको प्रयोग र यसको पहुंचमा बृद्धि कारक तत्व हुनसक्छ ।

यस्ता संचार माध्यमहरुले पनि सूचना समाचार सम्प्रेशण गर्दा मानिसहरुलाई भ्रामक र दुखी बनाउने प्रकारले न्यूज बनाउन हुन्न । जस्तो कि कोरोनालाई रक्सीले सर्दैन । वास्तविकता त्यस्तो होइन । हातलाई सावुन र अल्कोहोल सेनिटाइजरले हातधुनु भनेको हो । तर, अल्कोहल सेनिटाइजर भनेको रक्सी खानु भनेर बुझ्नु गलत हो ।

त्यस्तै प्रयोगकर्ताले पनि विश्वासिलो र आधिकारिक संचार श्रोतलाई आधार मान्नुपर्छ । न कि च्याउ सरि उम्रेका अनलाइन् र युट्युवहरु हेरेर कोरोना सम्वन्धि धारणा बनाई दुखि बन्नु अनुचित हुनेछ । नेपाल सरकारले उच्च सतर्कताको साथ आवश्यक उच्च सतर्कता अपनाइरहेको छ । यस्तो बेला कोरोनाको बारेमा पढेर, हेरेर वा सोचेर दुखित हुनु भन्दा उच्च मनोवलको साथ नागरिकको तहबाट कोरोनाबाट बच्न र गर्न सकिने उपायहरु अवलम्वन अपनाउनु लाभदायी हुनेछ ।

कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने ७ उपायहरु :
१. सफा पानी र सावुन वा अल्कोहल मिसिएको हेण्ड सेनिटाइजरले नियमित हात धुने ।
२. डिस्इन्फेक्टेण्टले किचेन, पढ्ने स्थान, काम गर्ने अफिसको टेवल जस्ता प्रयोग भइरहने स्थानलाई सफा गर्ने ।
३. सकेसम्म भिडभाड र मानिसको आवतजावत हुने ठाउँमा नजाने । जानै परे बालबालिका, बृद्धवृद्धा र रोगी व्यक्तिहरुको विशेष ख्याल गर्ने ।
४. यदि रुघा खोकी, ज्वरो जस्ता श्वासप्रश्वाससँग सम्वन्धित लक्षण र समस्याहरु देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग तुरुन्त सल्लाह लिने ।
५.खोक्दा वा हाछ्ँयु गर्दा रुमालले राम्ररी मुख छोप्ने । त्यस पछि सावुन पानीले हातधुने ।
६. सन्तुलित र स्वास्थकर खाने कुरा खाने, नियमित मन तातो पानी पिउने, शारीरिक व्यायाम गर्ने र निन्द्रा पुग्ने गरी पर्याप्त समय सुत्ने ।
७. कोभिड–१९ को बारेमा आधिकारिक संस्थाहरु जस्तै ः विश्व स्वास्थय संगठन, युनिसेफ, सि.डि.सि., स्वास्थ तथा जनसंख्या मन्त्रालय र मातहतको निकायहरुको जानकारी र सूचना अनुसार सावधानी अपनाउने ।


लेखक : इटहरी अस्पतालका ईमरजेन्सी इन्चार्ज हुन् ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]