बैशाख २१, २०८१ शुक्रबार

कवि विष्णुहरिको कृतित्व र व्यक्तित्व

राजु बराल

“खेती गर्ने कृषकजनको शक्ति कमजोर पार्ने
बर्षेनी नै बदली गरदा भूमि उर्वर नहुने
जोताहाले ती सबै सहदै खेती नै गर्नुपर्ने
आशा धेरै कृषकजनको सर्वदा ओइलीने ।।”

नेपाली समाजमा ब्याप्त जमिनदारी प्रथाले सिर्जना गरेको जोतााह किसान माथीको शोषण ,अन्याय ,अत्याचारका विरुद्व निरन्तर खबरदारी गर्ने कवी बिष्णुहरि अधिकारीका कविताका यी प्रंक्तिहरु आज पनि उतिकै यर्थाथ झै लाग्दछन् ।

वि.स.१९९० चैत ६गते रत्नकुमारी र दुर्गाहरि अधिकारीका पुत्र रत्नका रुपमा ओखलढुंगाको डाडाखर्कटारकेरावारीमा जन्मनुभएका कवि अधिकारी शोषण ,अन्याय,अत्याचार वर्गिय विभेद र सामाजिक मुक्ति आन्दोलनमा निडर र स्पष्टवक्ता का रुपमा आफ्नो पहिचान बनाउन सफल हुनु भएको उहाँका प्रकाशित कृतिहरु आक्रो सित आमाको बिलौना कविता संग्रह , आत्मोदगर कविता संग्रह र पारिजात समिक्षात्मक कृतिहरुको अध्ययन गर्दा प्रष्ट हुन्छ ।

झापाको भद्रपुर १० चन्द्रगढीमा बसोबास गर्दै आउनु भएका कवि अधिकारीको पहिलो कविता संग्रह आक्रोसित आमाको बिलौना रहेको छ । वि.स.२०६० सालमा प्रकाशित यस कविता संग्रहमा कविले वि.स.१९९७माघ देखि२०४६माघ सम्म ४९ बर्ष भित्रमा अति अमानवीय ज्यादतीद्धारा तत्कालीन शासक पक्ष बाट मारिएका शहिदहरुको स्मरण गरेका छन् ।उतm कविता संग्रहले राणाकालिन परिवेश देखि पञ्चायती बर्बरताका विरुद्ध नेपाली जनताले अघि बढाएका वर्गिय मुतिm आन्दोलनहरु झापा काण्ड,सोलु ओखलढुंगा काण्ड,छिन्ताङ काण्ड,पिस्कर काण्ड,इलाम काण्ड,सिन्धुली मिमान लगायतका घटना त्र्रmमहरुलाई स्मरण गराउन सफल रहेको छ । यस गरी उतm कविता संग्रहमा वर्ग विश्लेषण गर्दै कवि अधिकारीले वर्गिय विभेद नै समाज परिवर्तनको बाधक हो भन्ने कुरालाई प्रस्टयाएका छन् ।

      कवि लेख्छन्

“शरीरको काम थोरै अलि अलि गरदै सोखमा दिन जान्छ
सुनचादी आदी व्यापार मूलुक मुलुकमा गोप्यतामा गरिन्छ
भन्सारीका बीचैको मिलीमता छलले शुल्क कम कम तिरिन्छ
वारिपारी सजिलै सरल किसिमले माल ढुवानी हुन्छ ।”

एकातिर समाजमा उच्चवर्गले छलछाम गरेर रातारात धनी बन्दै गइरहेको दृष्टान्त उनले पेश गरेका छन् भने अर्का तिर मध्यम वर्ग चाकरी चाप्लुसी गरेर स्वार्थ सिद्धि गर्न खप्पिस हुन्छन् भन्ने कुरालाई यी पंतिmहरुले प्रस्ट पार्दछन् ।

“नेपाली नै धनाढय जनहरु हल भई पुँजी जम्मा गरेका
चाप्लुसी या दलालि जी हजुरी गरर्दै शोषकी नै बनेका ”
यसका साथै निम्न वर्गिय चरित्रलाई कविले यसरी उजागर गरेका छन् ।
“पढ्ने संख्या कमि नै ती गरिबजन हुन् फुर्सदै पो कहाँ छन्
बस्ने ठाउँ र लुगा नभइ यि कति जना दुःखले रात काट्छन्
मजदुरी कामको नै तप तप पसिना राज्यमा आएदिन्छन्
जोत्ने, खन्ने र बोक्ने सहित कृषक नै निम्न वर्गी भनिन्छन् ।”

कृषि प्रधान मुलुकमा दयनीय आर्थिक अवस्था का कारण किसान नै निम्न वर्गमा रहेको यथार्थ लाई उजागर गर्दै वर्गिय मुतिm आन्दोलनले मात्र सामाजिक ,आर्थिक परिर्वतन गर्न सकिने कवि अधिकारीको ठहर छ ।
”सामाजिक दर्पण ”कवि विष्नुहरि अधिकारीको दोस्रो कविता संग्रह हो । वि.स. २०६१सालमा प्रकाशित यस कविता संग्रहमा १५ वटा कविताहरु संकालित छन् । उतm कविता संग्रहमा ईश्वर,दान,सदज्ञान ,एडस रोग,छिमेकी गोठालो तथा खेताला अनुशासन ,लोभ नेपाल आमाप्रति

डर,उत्साह,उपकार,रिष,अपाङ्ग वा विकलाङ्गी र सुन्दरी प्रतियोगिता शिर्षकका कविताहरु संकलित रहेका छन् ।यस कविता संग्रहमा संकलित छिमेकी कवितामा कवि लेख्छन् ।

“शासकको दृष्ट चाला समय समयमा दुःख दीने छिमेकी
हेपाहा काम गर्दै अविकासित मुलुकलाई हेप्ने छिमेकी
कयौँ ठाँउहरुमा अविध अवधिमा साध सानै छिमेकी
बैनी नेपाललाई अजिंगर मुख आबाई राख्ने छिमेकी

आज जंगे पिलाहरु हराइरहेको बेला ,मौका पर्ना साथ अजिंगरले झम्टे झै अविकासित राष्ट्रहरुलाई विकासित राष्ट्रहरुले झम्टीने क्रम यथावर्त रहेकोमा कविको आक्रोस छ ।आजको विश्वव्यापीकरणले सिर्जना गरेको लोभ ,मोह बिलासी जीवनशैलीका शिकार भएका हामी एडस जस्ता प्राणघातक रोगहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता लाई कविले औल्याएका छन् ।

“छोरा हे नाती नानी अति बुझकि बनीशत्रु एडस भगाऔ
कष्टपर्यन्तको नै रमझम सधै सुखमा लोकलाई नमासौ
यौटाले एक मार्ने उभयबिचयौन सम्बन्ध रार्खौ
लोभी पापी भएर विकृति जहरमा यौवन नै नत्यागौ”

कवि बिष्नुहरि अधिकारीको तेस्रो कृति पारिजात समिक्षात्मक काव्य हो । वि.स.२०६४ सालमा प्रकाशित पारिजात काव्यमा ५वटा परिछेदहरु छन् । उतm काव्यले नेपाली साहित्यकी एक शिखर व्यतिmत्व पारिजातका जीवनी,प्रमुख कृतिm, पात्र तथा तिनका बारेमा गरिएका चर्चा परिचर्चा र समालोचनालाई विषयवस्तु बनाई नेपाली समाजमा पारिजातको पहिचान लाई उचो बनाउन टेवा पुयाएको छ ।जसलाई पारिजात समिक्षात्मक कृतिका यी पंतिmहरुले प्रस्ट पार्दछन् ।

“पारिजात बिदुषी तिमी पनि ।
खास भौतिक बिचार बाहिनी ।।”
“सीपाही भनिने त रक्षक भयो कालको गतिले बुढो ।
रक्सीता त्रिगुणी पदार्थहरुमा अवश्ये पर्ने भयो ।।”
“हाम्रा पूर्वजले पराक्रम गरी सीमान्त पारी दिदै ।
टिस्टाको जलमा खुडा र खुकुरी धोएर फिर्ता हुर्दै ।।

“केही अंश त पारिजात कृतिमा आरम्भमा नै थियो ।
पश्चात बाम विचारमा पूर्ण हुन गै साहित्य रम्मै भयो ।।”
यसरी कवि अधिकारीको पारिजात समिक्षात्मक कृतिमा पारिजातको औपन्यासिक प्रवृति ,उनको कष्टकर जीवन ,उनका उपन्यास र कथाहरुमा व्यतm विभिन्न प्रकारका गहन भावहरु ,प्रगतीवादी विचार र अस्तित्ववादी चिन्तनका बारेमा कविताहरुको प्रस्टयाएका छन् ।
आत्मोदगार कवि अधिकारीको चौथो प्रकाशित कृति हो । वि.स.२०६९ सालमा प्रकाशित यस कविता कविले आफ्नो जन्मस्थान ओखलढुंगा लाइृ सम्झेका छन् । कविमा राष्ट्र,राष्ट्रियता प्रतिको भावना उच्च छ भन्ने कुरालाई ओखलढुंगाको स्मरणका यी पतिmहरुले प्रष्ट र्पादछन् ।

“ओखलढुंगा प्राकृत सरल गहकिलो दिब्य आकार धरती
पश्चिम पटी कोशी कल कल गर्ने आदी गगा लिखु ती
यसै गरी देशको शैक्षिक प्रणाली एकै खालको नभएको मा कविको तीव्र आक्रोस छ ।
“बोडिङ् र साधरण नाम राखी ।
कक्षा उहीमा दुर भाव राखी ।।
यो मानवी धर्म सबै पखाली ।
शिक्षा महा भेद विभेद पारी ।।”

वर्ण विश्लेषण गर्दै कवि अधिकारी लेख्छन्

“संख्या घटी मै अरबौ धनी छन्
खाडल अति भो दुई वर्गमा झन
दुःखी बढी नै अलपत्रमा छन्
निम्त्याउने भो प्रतिशन्दिता झन ”

माक्र्सवादी विचार धारा बाट प्रभावित कवि बिष्नुहरि अधिकारीका कविताहरुले धनी व्यतिmहरु दिनप्रति दिन धनी बन्दै जाने र गरिब झन गरिब बन्ने क्रमले दुई पक्ष बीचका दुरी बढदै गएकोमा आपसमा द्धन्द्ध अवश्यम्भावी छ भन्ने निष्कर्ष निकालेको पाइन्छ । कवि अधिकारीले कविताहरुमा शास्त्रीय द्धन्द्धलाई कुशलता पूर्वक प्रयोग गरेको छन् ।

वि.स.२०१३ वैशाखमा मशाल पत्रिकामा कवि अधिकारीको व्यतिmत्व चर्चा प्रकाशित भएको पाइन्छ भने वि.स.२०४६मा छलफल सात्ताहिकले समेत उनको जीवनी प्रकाशन गरेको थियो । त्यसैगरी २०५३मा प्रकाश साप्ताहिकमा समेत जीवनी प्रकाशन भै सकेको छ । सामाजिक संघसंस्था तर्फको संलग्नतालाई हेर्दा संस्कृत छात्र संघनेपाल, अखिल नेपाल विधार्थी फेडरेसन, अनेकि सङ ,पश्चिम नेपाली यूवक संघ, शिक्षक संगठन ओखलढुंगाका साथै पछिल्लो समयमा उहाँ बाम राजनीति तर्फ माओवादीको विचारसगँ नजिक हुनुहुन्थ्यो ।

जीवनको काल काण्डमा साहित्य र राजनीति लाई नजिक बाट अध्ययन ,अनुसन्धान ,विश्लेषण गर्न समय खचेका कवि व्यतिmत्व २०७६ माघ ४गते यस संसारबाट विदा भए ।उनको भौतिक शरीर हामी माझ नरहे पनि उनका प्रकाशित कृतिहरुले हामीलाई मार्ग दर्शन गरी रहने छन् ।
श्रद्धान्जली कवि बिष्णुहरि अधिकारी प्रति ।

प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार  १ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]