बैशाख ४, २०८१ मंगलबार

समृद्धि गोल्धाप : शैक्षिक गुणस्तर सुधारमा फड्को

झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ । यस गाउँपालिकामा २५ वटा मावि स्थापित छन् । वर्तमानको चेतना, सीप र क्षमता प्रयोग गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस गाउँपालिकाको वडा–१ अझै क्रियाशिल देखिएको छ ।

विद्यालय र जनप्रतिनिधि

नागरिकको पहिलो सरोकारको सरकार भनेको स्थानीय तह हो । निर्वाचित जनप्रतिनिधि समेत स्थानीय सामुदायिक विद्यालय क्षेत्रका उत्पादन हुन् । विकासको मापदण्ड हेर्दा पहिलो सूचक शिक्षालाई पनि लिने गरिन्छ । यही मर्मलाई बोक्र्दै हल्दिबारी वडा नं.–१ ले सामुदायिक विद्यालयमा एकाकार भएर नमूना बनाई झापाका अन्य स्थानीय तहहरुलाई समेत सिकाउने सामाजिक पाठशालाको सुरुवात गरिसकेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाले क्षेत्रमा कुल बिनियोजित रकम मध्ये २५ प्रतिशत सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न छुट्याएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

समकालिन विश्वमा विकसित भएका नयाँनयाँ प्रविधिहरुलाई समेत एकाकार गराएर सार्वजनिक शैक्षिक उद्यमको रुपमा विकास गर्ने अभियानको रुपमा लिन सकिन्छ । यसैको पछिल्लो उदाहरणको रुपमा गाउँपालिकाभित्र गरेको गतिविधिलाई लिन सकिन्छ । पालिका भित्रका माविलाई २५ थान कम्युटर, प्राविलाई २० थान कम्युटर, प्राविलाई आवश्यकता अनुसार वितरण गरिसकेको हल्दिबारी गाउँपालिका कार्यपालिका सदस्य एंव वडा–१ का अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

अध्यक्ष सापकोटाले भने– हाम्रो वडामा रहेका ४ वटा सामुदायिक विद्यालय छन्, ती विद्यालयमा अंग्रेजी शिक्षक एक÷एक जनाको दरले नियुक्त समेत गरेका छौँ ।

खेलकुदका लागि शिक्षक

जनजागृति मावि र गरमकालीमा गुणस्तरीय नयाँ भवन तयार गर्दै वडा–१ का सबै सामुदायिक विद्यालयमा विषयगत खेल शिक्षक समेत नियुक्त गरेको जनाइएको छ । पाठयोजना अनुरुप मात्र खेलकुद सिक्ने पुरानो प्रचलनलाई तोड्दै यस वडाले कवडी, करातेँ, योग र तेक्वान्दो क्षेत्रमा विद्यार्थीलाई क्रियाशिल बनाउँदै आएको छ । यसले गर्दा वडा–१ को शैक्षिक स्तरको विम्ब झल्किन् थालेको पाइन्छ ।

सामुदायिक विद्यालय प्रतिको मोह बढ्दै

गएको सरस्वती पूजाको दिन यस वडाका सामुदायिक विद्यालयमा ९९ जना विद्यार्थी भर्ना भएको वडा अध्यक्ष सापकोटाले जानकारी दिए । जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा नयाँ सुरुवात भएसँगै अभिभावक जागरुक भएको छन् । यस क्षेत्रका जनप्रतिनिधि शिक्षामा प्रकाशपुञ्ज झैँ लागिपरेका छन् । जनजागृति माविमा ७ सय, सरस्वती माविमा २ सय ४०, दुर्गा देवी प्राविमा १ सय २३ र गरमकाली प्राविमा २ सय ६८ जना विद्यार्थी पठनपाठन हुनुले राम्रो संकेत गरेको छ ।

सिर्जनशिल काम

वास्तवमा के पढाउने भन्ने कुरा महत्वपूर्ण कुरा होइन, के सिकाउने भन्ने विषय महत्वपूर्ण कुरा हो । यही मर्मलाई बोक्दै वडा–१ अगाडि बढिरहेको छ । स्थानीय श्रोत र क्षमतालाई अधिकतम प्रयोग गरी सिर्जनात्मक रुपमा सिक्ने वातावरण तयार पारी लम्किरहेको छ । नयाँ नयाँ दाताहरुको पहिचान र परिचालन, स्रोत–साधनको उपयोग योजना वडा कार्यालय दृढतापूर्वक लागेको जनाइएको छ । जसको फलस्वरुप जनजागृती माविमा नेपाल टेलिकमको सहयोगमा २४ थान कम्युटर र प्रिन्टर मेशिन उपलब्ध भइसकेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

वडाको परिचय शिक्षा

वडा कार्यालयले शिक्षा क्षेत्रको उन्नयन र विकासमा गरेको पहलकदमी सरहानीय रुपमा लिनुपर्दछ । सो क्षेत्रका आज सामुदायिक विद्यालयमा काँचुली फेर्दे गएको देख्न सकिन्छ । जनप्रतिनिधिले वास्तविक कर्मको परिचय अथवा परिणामको सार्वजनिक परिचय हल्दिबारी गाउँपालिका वडा–१ ले कामले व्यवहारमा कार्यन्वयन गरी छर्लङ्ग देखाएका छन् । वडाको विभिन्न सफलता रहेका छन् । जसमध्ये सामुदायिक विद्यालयको गुणस्तर सुुधारमा सिक्ने थलोको रुपमा परिणत हुन् पुगेको छ ।

मन्टेश्वरीमा सुधार

रचनात्मक कामलाई सम्मान गर्ने असल संस्कृतिको विकास गर्ने वडाभित्रका सामुदायिक विद्यालयहरुलाई उत्प्रेरणा भरिरहेको छ । वडा कार्यालयले जति संक्रिय छ, उतिकै मात्रामा व्यवस्थापन समिति, प्रध्यानाध्यापक र शिक्षक परिवारले आफ्नो समय र शक्तिको अधिकतम लगानी गरिरहेका छन् । विद्यार्थी केन्द्रित उपलब्धिपूर्ण शिक्षण विधिलाई अवलम्वन गर्दै तल्लो कक्षादेखि पठनपाठन सुरुवात जोड दिदै आएको छ । बालकक्षा विद्यालयको जग हो । त्यसैले गर्दा यस वडामा विद्यालयहरुको आफ्ना आदर्श, मूल्य र मान्यताको स्थापनागरी गुणस्तर सुधार गर्नका लागि मन्टेश्वरी सिकाईको वातावरण तयार गर्दैछ । जसमा सामुदायिक विद्यालयमा विषयगत शिक्षक समावेश गर्ने प्रबन्ध मिलाएर बालकक्षालाई योजनाबद्ध र व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउँदै छ । मन्टेश्वरी देखि कक्षा ५ सम्मको विद्यालय नमूनाको रुपमा रुपान्तरण गर्न लक्ष्य लिएको अध्यक्ष सापकोटाले बताए । त्यसका लागि ६ लाख रुपैँया विद्यालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने उनले बताए । यता गरमकाली प्राविमा मन्टेश्वरी पद्धतिको कक्षा सुरुवात भइसकेको छ ।

नीजि भन्दा कम छैनन्

शिक्षा गहना हो । जसले जीवनलाई सजाउँछ भन्ने उद्घोष गरेर वडा कार्यालय अगाडि बढ्यो । यहाँका सामुदायिक विद्यालयहरु अब सुविधासम्पन्न आधुनिक नीजि विद्यालहरुसँग प्रतिस्पर्धा थालेका छन् । वडा कार्यालय र गाउँपालिकाको पहल र स्थानीयबासीको सबैको चासोको विषय बनेको हुनाले यो सफलता हासिल हुन् सकेको हो । विकास भनेको सडक मात्र भन्ने बुझाई छ, त्यसलाई तोड्दै शैक्षिक क्षेत्रको उन्नयन र विकासमा लागि परेका सापकोटा बताउँछन् । उनी अगाडि भन्छन्– नीजि विद्यालयको विरोध नगरी सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नु सबैको साझा दायित्व हो, सामुदायिक विद्यालयको गुणस्तर खच्कदा स्थानीय सरकारको तथ्याङकमा समेत असर पर्छ । त्यसैले सुधार्नुको विकल्प छैन् ।

विद्यार्थीलाई निःशुल्क खाजा

कलिला बालबालिका जसले दिनमा चारपटक खानुपर्दछ । संघीय सरकारले सामुदायिक विद्यालयहरुमा खाजा व्यवस्थापन कटौती गरिसकेको छ । तर हल्दिबारी वडा–१ ले आगामी आर्थिक वर्षबाट निशुल्क खाजा व्यवस्थापन गर्ने वडा अध्यक्ष सापकोटा बताउँछन् । टिफिनको समयमा दिउँसोको खाजा खाने प्रबन्ध अनिवार्य रुपमा मिलाउने योजना रहेको उनले सुनाए ।

निशुल्क कोचिङ

कमजोर विद्यार्थीहरुलाई सिकाईका थप सहयोग पुग्ने उदेश्यले अतिरिक्त कक्षा निःशुल्क रुपमा गतवर्ष देखि सुरुवात गरिसकेको छ । एसईई दिने विद्यार्थीको स्तर उन्नति गराउने विशेष कार्यक्रम संचालन गरिएको सापकोटाले बताए ।

ई–हाजिरी

पछिल्लो दिनमा विद्यालयमा होस यो संघसंस्थामा उपस्थिति जनाउने वा हस्ताक्षर सहभागिताको कुनै अर्थ हुँदैन । त्यसको वैधानिकताका लागि ई–हाजिरीले मात्र हस्ताक्षरको प्रमाणीकरण गर्न थालेको छ । यहाँ रहेका सबै सामुदायिक विद्यालयहरुमा ई–हाजिरी कार्यान्वयनमा आएको छ । जसले गर्दा विद्यालय नआई पनि पछि आएर हस्ताक्षर शैलीको अन्त्य भएको छ । शिक्षकको नेपाल सरकारको पोशाकको साथमा वडाले टाई पनि अनिवार्य गरेको छ । जसले गर्दा विद्यालयको गुणस्तर सुधार र कार्यान्वयन प्रक्रियामा थप सहज पुगेको छ । सम्बन्धित पक्षले यसको स्वामित्व र दायित्व साथ लिएर अघि बढेको जनाइएको छ ।

पास कार्ड

विद्यार्थी केन्द्रित उपलब्धिपूर्ण शिक्षण विधिलाई अवलम्वन गर्दै आएको यस वडामा विद्यार्थी बेक्रको समयमा विद्यालयको प्रभाव क्षेत्र बाहिर निस्कदा समेत अनिवार्य पास कार्डको व्यवस्था गरिएको जनाइएको छ । वडाको कार्यक्रमबाट विनियोजित रकमले विद्यालयको हाताभित्र क्यान्टिन र पार्किङको व्यवस्था गरिएको छ ।

एक आपसमा सहयोग

वडाले शैक्षिकस्तर माथि उकास्न विद्यालय परिवारका सबै पक्ष बीचमा सकरात्मक भावना पैदा गर्नका लागि सम्भव भएसम्म सबै प्रकारका उपायहरु अवलम्बन गरिएको वडाअध्यक्ष सापकोटा बताउँछन् । उनी भन्छन्– विद्यालयको प्रस्थान बिन्दु भनेकै सकरात्मक भावनाका साथ दृढ इच्छाशक्ति लिएर विद्यालयका सबै विद्यार्थी, अभिवावक, प्रधानाध्यापक, शिक्षक, विद्यालय, व्यवस्थापन समिति, शिक्षा शाखा एंव पदाधिकारी तथा व्यक्तिको भावना सकरात्मक बनाउने अभियान सुरुवात भइसकेको छ ।

निर्णयमा सहभागितामूलक

यस वडाको गतिविधि नजिकबाट नियाल्दा मानवीय संसाधन र सामाजिक परिवर्तनको पहिलो आधारशिला र गन्तव्यको साझा प्रस्थानबिन्दु विद्यालय रहेको बुझाई छ । त्यसैले विद्यालयको गुणस्तर सुधारको गुरुयोजना निर्माण गर्दा हरेक निर्णय प्रक्रियामा सबै पक्षको अनिवार्य सहभागिता जुटाएर अघि बढिरहेको अध्यक्ष सापकोटाले बताए । सहभागितामूलक प्रक्रियाको अवलम्बनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र शिक्षा शाखालाई समेत जानकारी गराई सुझाव लिँने गरेको छ । जसले गर्दा निर्णयमा सबैपक्षले आफ्नो स्वामित्व र दायित्व ग्रहण गर्दछन् ।

पारदर्शिता

यस वडाले विद्यालयको गुणस्तर सुधार गर्न कार्यान्वयन प्रक्रिया पारदर्शितामा जोड दिएको छ । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरु एकआपसमा उद्देश्यमाथि प्रष्ट भएर विद्यालय गुणस्तर सुधारको कार्यान्वयनमा कामको बाँडफाड गरी जिम्मेवारी बहन गर्न गरिएको अध्यक्ष सापकोटाले बताए । वडाले संक्रियता बढाएसँगै खुल्ला र निष्कपट भई इमान्दारी प्रयास पैदा गरिएको हुनाले पछिल्लो दिनमा सकरात्मक नतिजाहरु आउन सम्भव रहेको स्थानीयबासीको बुझाई रहेको छ । प्रस्ताव र योजना आम सरोकारवालाहरुबीचमा पु¥याई सहभागितामूलक कार्यान्वयन प्रक्रिया सुरु गरेपछि त्यसले ठूलो रचनात्मक शक्ति पैदा गरेको सापकोटाले बताए । निर्णय प्रक्रियादेखि कार्यान्वयनका सबै चरणहरु पारदर्शी भै नतिजा नागरिकहरुले अनुभूत गर्न थालेको उनको बुझाई रहेको छ ।

वडाको शैक्षिक पर्यावरण

वडा नंं –१ को शैक्षिक पर्यावरणलाई नजिकबाट नियाल्ने क्रममा शुक्रबार १ बजे यहाँ रहेको जनजागृती माविमा इजालस दैनिकको प्रतिनिधि पुगियो । स्थानीय तहबाट उपलब्ध भएको रकमले भवन निर्माण गरिएको पाइयो । विद्यालयको ब्रेकको समय भएकाले खेल मैदानमा विद्यार्थी खेल्न व्यस्त थिए । ब्रेकमा पनि डिजिटल पद्धतिबाट पठनपाठन भइरहेको पाइयो । केही शिक्षक उत्तरपुस्तिका चेक गरिरहेका थिए । विद्यालयको समग्र विकासका लागि वडाअध्यक्ष सापकोटा र प्रधानध्यापक र केही शिक्षक प्राङ्गणमा कुराकानीमा व्यस्त रहेको भेटियो । विद्यालय परिसरमा घेरावारा र रङरोगन गरिएको थियो । विद्यालयको हाताभित्र फूलको बोटबिरुवा रोपाई, गोडमेल र मलजलको उचित प्रबन्ध गरेको पाइएको छ ।

विद्यालयको बरण्डा र आँगनको सरसफाईको अवस्था सुन्दर थियो । शौचालयको नियमित सरसफाई र पानीको उचित प्रबन्ध थियो । विद्यालयमा गुणस्तरीय खानेपानीको सरल र उचित प्रबन्ध थियो । विद्यालयको हाताभित्र नियमित सरसफाइ, झारजङ्गल, धुलोमैलोदेखि लिएर माकुराको जालोसम्म हटाएको गरिएको पाइयो । विद्यालय कक्षाकोठा र पाटीको अवस्था राम्रो पाइयो ।

सूचनाको पँहुच

वडाले गाउँटोलमा सूचनाको पँहुच स्थापित गर्न निशुल्क इन्टरनेटको सुविधा सहितको सामुदायिक सूचना केन्द्रको स्थापना गरेको छ । आम नागरिकले समेत उपयोग गर्न पाउने गरी जुनसुकै समयमा सूचना केन्द्र गई दैनिक पत्रपत्रिका पढ्ने वातावरण तयार गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । साविक वडा १, ९ र ६ मा यो सेवा सुचारु भइसकेको छ भने अन्य वडामा पनि चाँडै सुरुवात गरिने जनाइएको छ । सामुदायिक सूचना केन्द्रको दिगो संचालन र व्यवस्थापनले स्थानीयबासीलाई समेत ठूलो राहत मिलेको छ ।

सीसी क्यामरा जडान

वडाका महत्वपूर्ण स्थानमा चोरी, तस्करी विकृती र विसङगति नियन्त्रण गर्न टेवा पु¥याउने उदेश्यले संचालनमा रहेको अध्यक्ष सापकोटाले बताए । चालु आर्थिक वर्षमा चोक, बजारमा लाइट पनि जडान गरिसकिएको उनले जानकारी दिए ।

प्रस्तुति : सागर गौतम

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]