बैशाख १५, २०८१ शनिबार

कार्यक्रम स्थगित गर

सम्पादकीय

झापा जिल्ला प्रशासन कार्यालयले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण भित्रिन नदिन आम नागरिकमा विशेष आग्रह गरेको छ । तर, आग्रह धेरैले मानिरहेका छैनन् । जिल्ला प्रशासन कार्यालय झापा र जिल्लास्थित विपत् व्यवस्थापन समितिले समेत सामुहिक निर्णयका आधारमा विभिन्न किसिमका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको छ । सरोकारवालासँग बसेर प्रशासन कार्यालयले गरेको १५ बुँदे निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ । यसका निम्ति आम नागरिक नै तयार हुनुपर्छ ।

सबै खाले कार्यक्रम सभा, समारोह, सम्मेलन वा मानिसहरुको भीडभाड हुने कार्यत्रलम आयोजना गर्न र गरिए पनि स्थगित गर्न आग्रह गरिएको छ । तर, जिल्लाभर अहिले कार्यक्रम, सभासम्मेलन चलिरहेका छन् । कार्यक्रम मात्र होइन विवाहका कार्यक्रम पनि रोक्नुपर्छ । यदि अहिले नै सुरक्षित भइएन भने संक्रमण भएपछि यसको आँधी रोक्न कठिन हुन सक्नेछ । चिन जस्तो राष्ट्र त आज पीडामा परेको छ । त्यहाँ राष्ट्रले असामान्य क्षति व्यहोरिसकेको छ । यसैले नेपालीहरुले ख्यालठट्टा गर्न हुदैन ।

मानिसको भीडभाडवाला कार्यक्रम जारी छन् । बिधालय क्षेत्र उत्तिकै असुक्षित छ । सिनेमा हलहरुमा फिल्म हेर्न आउनेहरुको उस्तै भीडभाड छ । ठुला व्यापारी मलहरु बन्द भएका छैनन् । अर्थात, सुरक्षा अपनाउन आम नागरिकले सचेतना अपनाएको अवस्था छैन । स्थानीय सरकार पनि यसको सचेतना मुलक सामग्री मार्फत नागरिकलाई जानकारी दिइरहेको छैन । स्थानीय तहले समेत यसबारे त्यत्ति जिम्मेवार भएको पाइदैन । प्रशासनको आग्रह नागरिकहरुको निम्ति हो , प्रशासनको निम्ति होइन । यसैले कुनै पनि भीडभाडमा नजाऔं । कार्यक्रमको आयोजना नगरौं । कोरोनाको संक्रमण जोखिम कम गरौं ।

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]