असार ९, २०८२ सोमबार

एमआरले मनाए मजदुर दिवससँगै स्थापना दिवस

बिर्तामोड । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एमआर) मेची इकाई बिर्तामोडले १३६ औं मजदुर दिवस तथा १८औ इकाई स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

संघको कार्यालयमा केन्द्रीय उपाध्यक्ष डुपेन्द्र रिजाल, केन्द्रीय सचिव भुपाल निरौला, केन्द्रीय सदस्य विनोद राजवंशी र मेची इकाईका संस्थापक अध्यक्ष पंच लिम्बुलाई सम्मान गरिएको छ ।

बिर्तामोड नगरमा मोटरसाईकल र्याली गर्दै बिर्तामोड– ५ स्थित आफनो घर आश्रम नेपालमा खाद्यान्न सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता मेची इकाईका कृष्ण पौडेलको सभापति, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हेमन्त निरौला, कार्यक्रम संयोजक अबिरमान लिम्बु र कार्यक्रम संचालन सचिव मौसम घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]