जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडका डिएसपीले कुर्सी ‘चेन्ज’ गरे

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले आचरण विरुद्ध हिड्ने प्रहरीलाई कारवाही गर्ने बताएका छन् । शुक्रवार पत्रकार भेटघाट गर्दै उनले प्रहरीभित्र आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता हुने बताएका हुन् ।


आफ्नै कुर्सीमा बस्न दिएर विवादमा परेका डिएसपी सुवास खड्का कारवाहीमा परेपछि उनको ठाउँमा नयाँ डिएसपी थापा आएका हुन् । काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डिएसपी थापा बिहीवारबाट अनारमनीमा हाजिर भएका हुन् ।


पत्रकारसँग कुरा गर्दै उनले बिर्तामोडको शान्ति सुरक्षा कायम गर्न नागरिकसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिर्तामोडको शान्ति सुरक्षा कायम गर्न कानुनको कठोर कार्यान्वयन गर्ने भन्दै उनले बिर्तामोडको टोले गुण्डाको गुण्डागर्दी अन्त्य गरिदिने बताएका छन् ।
इलाका प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताउँदै उनले असल नियत राखेर काम गर्ने जिकिर गरेका छन् ।

प्रहरी आर्थिक अनियमितता कारण विवादमा आउने भन्दै यस्ता गतिविधि रोक्ने सबै खाले प्रयास गर्ने थापाको भनाई छ ।
बिहीवार इलाका प्रहरी कार्यालय हाजिर भएका डिएसपी थापाले आफु बस्ने कुर्सी बदलेका छन् । प्रहरी प्रमुखको कुर्सीमा अर्कै व्यक्ति बसको जानकारी पाएका डिएसपी थापाले त्यो कुर्सी नै बदलेका छन् ।

उनले कुर्सी बदलेको सन्दर्भमा भने, त्यो कुर्सी आराम गर्ने प्रकृतिको रहेछ, मैले काम गर्न सहज हुने कुर्सी राखेको हुँ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]