स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा भद्रपुरमा एकको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा आइतवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा न.४ झापा चोकमा चन्द्रगढीबाट बनियानी तर्फ जादै गरेको प्र १–०१–०१२ प ९९३७ न.को स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
स्कुटीमा सवार भद्रपुर नगरपालिका वडा न. २ बस्ने अन्दाजी बर्ष ३५ को अनिल लिम्बुको टाँउकोमा चोट लागेको थियो । गम्भीर घाईते लिम्बुको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा ९ः५० बजे डाक्टरले मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ ।
स्कुटी र स्कुटी चालक जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ । प्रहरीका अनुसार कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टम लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । चालक दमक नगरपालिका वडा न. २ बस्ने बर्ष २९ को रबिन फुयललाई केही नभएको प्रहरीले जनाएको छ ।