शिवसताक्षीका विद्यार्थीलाई ५० दिने लोक सेवा कक्षा
शिवसताक्षी । झापाको शिवसताक्षीमा लोकसेवा आधारभूत निशुल्क कक्षा सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
नगरबाट लोक सेवा दिन चाहने विद्यार्थीहरुलाई लक्षित गरि कक्षा सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।
कक्षा सञ्चालनको उद्घाटन गर्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले विद्यार्थीहरुमा विदेश पढ्न जाने क्रमम चलिरहेका बेला नेपाल मै केही गर्छु भन्ने उद्दे्रश्य राखेर लोकसेवा परीक्षा तयारीका लागि पढ्न आउने विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । उहाँले विद्यार्थीहरुलाई हौसला दिदै तपाईँहरुले देशको सेवा गर्ने हिम्मत गर्नु भएको सहरानीय रहेको बताउनु भयो । नेपालमा अहिले वास्तविकता नबिुझी सामाजिक सञ्जालमा अराजक गतिविधी गर्ने क्रम बढेकाले कम्तिमा पनि भाई बहिनीहरुले यस्ता कुराहरु बुझेर मात्र सामाजिक सञ्जाल चलाउन नगरप्रमुख थोप्राले सुझाउनु भयो ।
लोकसेवा तयारी कक्षा गएको ५ गतेबाट सञ्चालनमा आएको हो भने, ५० दिन सम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । लोकसेवाको तयारी कक्षामा एनसिआई एजुकेशन फाउण्डेसन दमकले सहजीकरण गरेको छ ।
कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्र.अ. गिरीराज सेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो । शिक्षा शाखा प्रमुख छवि ढकालको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरका कार्यक्रम अधिकृत महेश लामिछानेले गर्नु भएको थियो ।