बिर्तामोडमा राष्ट्रियस्तरको बास्केट बल प्रतियोगिता सुरु
बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोड र जिल्ला बास्केट बल संघ झापाको आयोजनामा आजदेखि राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
भोलिसम्म चल्ने यस प्रतियोगितामा १६ वटा टिम सहभागि छन् । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ५ का निवर्तमान वडाअध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, जिल्ला बास्केटबल संघ झापाका अध्यक्ष प्रकाश लिङदेनको उपस्थिति रहेको थियो ।