बैशाख २९, २०८२ सोमबार

विपी भट्टराईको अध्यक्षतामा नेकपा एस झापाको नयाँ नेतृत्व घोषणा

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) पार्टीको झापाको जिल्ला अध्यक्षमा विपी भट्टराईलाई घोषणा गरिएको छ । आज सम्पन्न बन्द शत्रबाट भट्टराईलाई अध्यक्षमा सर्वसम्मत गरिएको अध्यक्ष मण्डलका अध्यक्ष अशेष घिमिरेले जानकारी दिए ।

झापा जिल्ला कमिटीको उपाध्यक्षमा नविन इजम, सरस्वति लिम्बु, सचिवमा सानुकुमार लामा, उपसचिवमा होम बराल, श्री मिश्र,उदय बराइलीलाई घोषणा गरिएको हो । ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको घिमिरेले जानकारी दिए ।

अध्यक्ष पदमा विपी भट्टराई, केन्द्रीय सदस्य निलमणि बराल र चन्द्रा श्रेष्ठको चर्चा थियो । केन्द्रीय नेतृत्वले निलमणि बराललाई अगाडि सारे पनि भट्टराईलाई घोषणा गरिएको असन्तुष्ट प्रतिनिधिहरुले गुनासो गरेका छन् । घोषणा गर्ने नाममा ७५ प्रतिशत प्रतिनिधिहरुको आवाज नसुनेपछि हलबाट बाहिरिएका थिए ।

अध्यक्ष मण्डलका अध्यक्ष घिमिरेले युवाको नेतृत्व सर्वसम्मत भएको बताएका छन् ।

प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]