बैशाख ३०, २०८२ मंगलबार

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ । जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए ।

तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडन पुगेकाे थियाे । जसलाइ ९ बिकेटले पराजित गरेकाे थियाे ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

 

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]