जेष्ठ ४, २०८२ शनिबार

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदैँ

काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुदैँछ ।

आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।

पञ्जाब र दिल्ली बिच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच  बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरू हुनेछ ।

 

प्रकाशित मिति : जेष्ठ ४, २०८२ शनिबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]