जेष्ठ ६, २०८२ सोमबार

काँकरभिट्टाबाट कसरी छिरे विना भन्सार ३ करोड ६१ लाखको सामान बोकेका कन्टेनर ?

बिर्तामोड । भन्सार छलेर नेपाल प्रवेश गरेका तीन वटा ट्रकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ । झण्डै ४ करोड मुल्य बराबरको सामानसहित नेपाल प्रवेश गरेका भारतीय कन्टेनर कसले भित्राएको भन्ने बारे चासो बढेको छ ।

भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई छलेर कसरी नेपाल प्रवेश गर्यो भन्ने विषयले तरंगित बनाएको छ ।
नियन्त्रणमा लिएका ३ करोड ६१ लाख रुपैयाँको कृषि औजारसहित तीनवटा भारतीय कन्टेर राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।

आइतवार साँझ बिर्तामोडबाट नियन्त्रणमा लिइएको कन्टेनरमा ३ करोड ६१ लाख मुल्य बराबरको अवैध हार्भेस्टरसहितका सामानहरु रहेको झापा प्रहरीले जनाएको छ ।

झापाका निमित्त प्रहरी प्रवक्ता प्रविण श्रेष्ठका अनुसार भन्सार छलेर नेपाल भित्र्याइएको फसल काट्ने मेसिन, पराल संकलक मेसिन तथा त्यसमा प्रयोग हुने अन्य सामानसहित कन्टेनर नियन्त्रणमा लिइएको हो ।

प्रहरीले एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीवटा कन्टेनरमाथि जाँच गर्दा उक्त कृषि औजार फेला पारेको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]