गोलोक गोवर्धन गौशालामा गाई हराउन थालेपछि संरक्षक चिन्तित
बिर्तामोड । शिवसताक्षी धाममा रहेको गोलोक गोवर्धन गौशालामा गाई हराइरहेको विषयले संरक्षकहरुलाई चिन्तित बनाएको छ ।
संरक्षण अभावमा रहेका गाईवस्तुलाई पालनपोषण गर्दै आएको गौशालाले चरणमा छोडेको बेला फर्किएर नआउने विषयले चिन्तित बनाएको गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी बताए । गौशालामा संरक्षित गाई चरणका लागि स्थानीय जंगल क्षेत्रमा छोड्ने गरिएको छ । अग्ला वृक्ष र घाँस अभावका कारण जंगलमा छोडिने गाई नफर्किदा चोरी भएको हुन सक्ने उनको अनुमान छ ।
गौशालामा ६ सय बढी गाई बाछाबाछी रहेको गौशालाका संरक्षक भारद्वाजको भनाई छ । उनका अनुसार चरणमा पठाएका गाई चोरी भएका हुन् वा के भएका हुन् ? नफर्किएपछि हराएको भन्नु कि चोरी ?
गौशालाका संरक्षक भारद्वाजले महिनामा ५-६ वटा गाई हराइरहेको जानकारी दिए । २-३ दिनमा गोठमा गणना गर्ने गरिन्छ, उनी भन्छन, ‘कुनै गाई २-३ दिनपछि पनि फर्किएर आइरहेका हुन्छन्, कतिपय गाई फर्किएर आइरहेको अवस्था छैन । मंसिरदेखि बैशाखसम्म घाँसको व्यवस्थानमा निकै समस्या हुने गरेको छ । बैशाखदेखि बाँकी ४ महिना घाँसको व्यवस्थापन हुने गौशालाका संरक्षक भारद्वाज बताउँछन् । गौरक्षणका लागि वार्षिक रुपमा ४०-५० लाखसम्म खर्च हुने बताइन्छ ।
पत्रकार विनोद सापकोटाले गाई नफर्किनुमा ३ वटा कारण औल्याएका छन् । उनले काटेर खानेहरुले तस्करी गरेको हुन सक्ने बताए । काटेर खानेले लगेको हुनुपर्छ कि जंगली जनावरले मारेको हुनुपर्छ, उनी थप्छन्, ‘होइन भने तस्करी भएको हुनुपर्छ । जंगलभित्र अस्थिपन्जर पनि फेला पर्ने गरेको सुनिन्छ ।’