जेष्ठ ६, २०८२ सोमबार

सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर

काठमाडौं, ५ जेठ । आज पनि सुनको मूल्यमा बृद्दी भएको छ । जसअनुसार साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला हिजो झै आज पनि एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

 

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]