जेष्ठ ७, २०८२ मंगलबार

‘व्यवसायी सदस्य राहत कोष’ का लागि युवा व्यवसायी खत्रीद्वारा ५१ हजार रुपैयाँ प्रदान

झापा –  बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ व्यवसायी सदस्य राहत कोष’ का लागि युवा व्यवसायी निर्मल खत्रीले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो जन्म दिनको अवसर पारेर खत्रीले कोष वृद्धिका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको जन्मोत्सव समारोहमा खत्रीकी श्रीमती रेणुका लिम्बूको समेत उपस्थिति रहेको थियो । सो समारोहका खत्री दम्पत्तीलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र सहित सम्मान गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग पु¥याएको र आगामी दिनमा समेत सहयोग पु¥याउने बताए ।

बिर्तामोड १ निवासी खत्री पूर्वेली ढुवानी सेवा प्रा.लि.का सञ्चालक हुन् भने मेची ट्रान्स्पोर्ट एशोसिएसनका कोषाध्यक्ष तथा नयाँ पेपर अनलाइनका अध्यक्ष हुन् ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख गणेश पौडेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ मंगलबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]