मुक्ति समाजको उपमहासचिवमा पोर्तेल, केन्द्रीय नेतृत्वमा झापाबाट ९ जना
बिर्तामोड । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा पुनः मनोहन बिश्वकर्मा पौडेललाई सर्वसम्मत गर्दै सातौं राष्ट्रिय महाधिवशन सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट मनोहन पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन जेठ ५ गतेदेखि ७ गतेसम्म तय गरिएकोमा बिहीवार बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
मुक्ति समाजको केन्द्रीय नेतृत्वमा झापाबाट एक जना उपमहासचिव सहित ९ जना केन्द्रीय निर्वाचित भएका छन् । उपमहासचिवमा झापाबाट सोमनाथ पोर्तेल, खुल्ला महिला केन्द्रीय सदस्यमा निर्मला परियार, हर्कमाया विश्वकर्मा, खुल्ला केन्द्रीय सदस्यमा काशी खाती, छविलाल विश्वकर्मा र कोशी भूगोलबाट केन्द्रीय सदस्यमा कृष्ण कनाल, विमला विश्वकर्मा, निता घतानी र अल्पसंख्यकबाट रविन गन्दर्भ निर्वाचित भएका हुन् ।
सम्मेलनले उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ । यस्तै महासचिवमा अनुभूति बम नेपाली र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन भएका छन् । यस्तै निर्वाचन आयोगको अध्यक्षमा सुन्दर बिश्वकर्मा चयन भए ।