जेष्ठ १५, २०८२ बुधबार

नयाँ पुस्ताका लागि नयाँ नेतृत्व अनिवार्य छ : भण्डारी

पोखरा । राष्ट्रिय युवा संघका उपाध्यक्षका उम्मेदवार पर्वत भण्डारीले नेतृत्व पुनः दोहोराएर नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्न रोक्न नहुने बताएका छन् । उनले कार्यकाल पुरा गरेको नेतृत्वले पुनः दोहोराएर नयाँ पुस्तालाई रोक्नु ‘नेतृत्व स्थापितमा ब्रेक’ लगाउनु सरह भएको बताए ।

उपाध्यक्षका उम्मेदवार भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ पुरानो नेतृत्वलाई बारम्बार दोहोर्याउँदा नयाँ पुस्ताले अवसर नपाउने संकेत गर्छ । यसले सत्तामा स्थायित्व होइन, जडता निम्त्याउँछ । नयाँ सोच, ऊर्जाशीलता र नवीन दृष्टिकोणलाई अवरुद्ध गर्छ । जब पुराना अनुहारहरू मात्र सत्तामा रहन्छन्, तब नवप्रवेशीहरूको प्रेरणा उत्साह र सम्भावना दबिन्छ । युवा संघको नेतृत्व पुस्तान्तरण आवश्यक छ । ताकि संघ गतिशील, समावेशी र भविष्यमुखी बन्न सकोस् ।’

उपाध्यक्षको उम्मेद्वारमध्ये लोकप्रिय भण्डारीले देशभरका प्रतिनिधिहरुको सहयोग र सद्भाव पाएका छन् । उनले प्रतिनिधिहरुको सूझाव अनुसार नै उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
युवा नेता भण्डारीले स्वच्छ प्रतिष्पर्धा गर्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टी नेतृत्वबाट कसैमाथि पक्षपोषण नभएको स्पष्ट पारेका छन् । हामी सबै पार्टी नेताको प्रिय छौं, तर यहाँ केहि मान्छेहरु भ्रम छर्ने काममा सक्रिय देखिन्छन्, उनले भने, त्यस तर्फ प्रतिनिधिहरु सचेत हुनुहुन्छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ सोमबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]