जेष्ठ १५, २०८२ बुधबार

सिम्रिकको लघुवित्त समिक्षा कार्यक्रम

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा व्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले बिर्तामोडमा एक दिने लघुवित्त समिक्षासहित मौरी पालन सम्बन्धी तालिमको आयोजना गरेको हो ।

साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवा केन्द्रहरुका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रम बारे समिक्षा गरिएको हो ।

संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तको शुरुवात कसरी भयो ? यसको आवश्यकता किन र के–का लागि ? भन्ने विषयमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सहभागिलाई जानकारी प्रदान गरेका थिए ।

त्यस्तै संस्थाका नीति नियम तथा संचालित बचतहरुका बारेमा आलेप विभाग प्रमुख दुर्गा प्रसाद रिजाल र कर्जा सदुपयोगिताका बारेमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले विषयगत अन्तरक्रिया गर्दै प्रष्ट पारेका थिए ।
सतासी महिला मौरी पालन सहकारी संस्थाको व्यवस्थापक देवी माया दाहालले मौरी पालनको बिषयमा सहजीकरण गरेकी थिइन । उनले मौरी पालनबाट ब्यवसायिक कसरी हुने, फाईदाहरु के कसरी गर्न सकिन्छ, मौरीलाई चाहिने वातावरण लगायतका बारेमा जानकारी दिएकी थिइन् ।

उनले व्यवसायिक हुनका लागि साक्षरता तालिम समेत प्रदान गरिन् । सदस्यलाई उद्यमसँग जोड्न मौरी पालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । उनले सदस्यको आर्थिक अवस्था सुधार गर्दै व्यवसायिकतामा जोड्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]