प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ
काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ आर्थिक सर्वेक्षण पेस हुनेछ ।
सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।
उता, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।